सन्डरल्याण्डको लज्जासपद हार
एजेन्सी, १७ पुस । प्रिमियर लिगमा बर्नलीले सन्डरल्याण्डलाई हराएको छ । गए राति भएको खेलमा बर्नलीले सन्डरल्याण्डलाई ४–१ गोलले हराएको हो ।
आन्द्रे गेरीको ह्याट्रिक मद्दतमा बर्नली विजयी भएको हो । गेरीले ३१, ५१ र ५३ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । बर्नलीकै लागि अर्को एक गोल भने पेनाल्टीमार्फत आश्ली बार्नसले गरे । सन्डरल्याण्डका लागि एकमात्र गोल जर्मेन डिफोइले ७१ औं मिनेटमा गरे ।
त्यस्तै, लिसेस्टर सिटीले वेष्टहामलाई १–० ले पराजित गरेको छ । स्लाम स्लिमानीले खेलको २० औं मिनेटमा हेडमार्फत गोल गर्दै लिसेस्टरलाई विजयी बनाएका हुन् । ६० प्रतिशत बल आफ्नो पकडमा राखेपनि वेष्टहामले गोल गर्न सकेन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ ११:४२