केटी जिस्काउँदा बाइक आगजनी
दाङको एउटा बिहेमा गएका व्यक्तिले केटी जिस्काएपछि ती व्यक्तिको मोटरसाईलकमा आगजनी भएको छ। दाङको धर्ना गाविस वडा नं. २ कप्तान चोकमा विहेमा गएका सौडियार ४ निवासी राज चौधरीले केटी जिस्काउँदा उनको रा १ प ५३६१ नम्वरको मोटरसाईकलमा आगजनी भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए।
केटी जिस्काएको विषयले उग्ररुप लिँदा सौडियार चौधरी भागेर ज्यान जोगाउन सफल भएका थिए। उनी फरार भए पनि उनको मोटरसाईकलमा भने स्थानीयले आगजनी गरेको एसपी सिंहले बताए। केटी जिस्काउँदा स्थानीय आक्रोसित भएर मोटरसाइकल जलाईदिएको र मोटरसाइकल पूर्णरुपमा ध्वस्त भएको एसपी सिंहले जानकारी दिए। घटना बुधवार राति १० बजेतिर भएको थियो । घटना बारे थप बुझ्न जिप्रकाको टोली बिहीबार बिहानै त्यसतर्फ गएको एसपी सिंहले बताए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२