बेलायतमा योमरी कम्पिटिसन २०१६ सम्पन्न

भक्तपुर न्यूज

४ पुष २०७३ ११:३४

बेलायतमा योमरी कम्पिटिसन २०१६ सम्पन्न

। सुशील प्रजापति ।

लण्डन। नेवारहरुको पहिचान र परम्पराको प्रतिक बनेको योमरी पुन्हीको अवसरमा बेलायतमा योमरी कम्पिटिसन २०१६ सम्पन्न भएको छ। लण्डनको लोटस क्लवमा भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रम सहित योमरी कम्पिटिसन २०१६ सम्पन्न भएको हो।

yomari-compition-8
पासा पुच गुठी साउथ इष्ट लण्डनको आयोजनामा भएको योमरी कम्पिटिसन २०१६ को च्याम्पियनसीप गायत्री श्रेष्ठ र सुवास्ना शाक्यको टीम बनेका छन्। श्रेष्ठ र शाक्यले पासा पुच गुठी साउथ इष्ट लण्डन युकेको टीमवाट प्रतिनिधित्व गरेका थिए। रनर योमरी च्याम्पियनसीप २०१६ पासा पुच गुठी रिडिङ्ग युके टीमवाट रञ्जना श्रेष्ठ र रजनी श्रेष्ठ बने।

yomari-compition-10
योमरी कम्पिटिसनको अलावा योमरी पुन्हीको अवसरमा सांस्कृतिक कार्यक्रम पनि भएको थियो। सांस्कृतिक कार्यक्रममा नेपालको मौलिक भैरब नाचको अलावा विनोद चिपालुले आकर्षक लाखे नाच प्रस्तुत गरेका थिए।

yomari-compition-12 बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदी र फस्ट नेपाली लेडी पूनम सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम संपन्न भएको थियो। आयोजक पासा पुच गुठी साउथ इष्ट लण्डन युकेका अध्यक्ष सुशील प्रजापतिको सभापतित्वमा संपन्न भएको कार्यक्रममा बरिष्ठ कवि एवम् लेखक कविताराम श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो।

yomari-compition-1-1 yomari-compition-2 yomari-compition-5 yomari-compition-7 yomari-compition-11a


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *