युएईको आबुधावीमा भलिवल प्रतियोगिता सम्पन्न

भक्तपुर न्यूज

३ पुष २०७३ ८:३८

युएईको आबुधावीमा भलिवल प्रतियोगिता सम्पन्न

युएई । युएईको आबुधावीमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । युएईमा पहिलो पटक आयोजना भएको रनिङ शिल्ड प्रतियोगितामा १२ समुहले सहभागिता जनाएका थिए ।
नेपाल भलिवल क्लब युएईको आयोजनामा भएको प्रतियोगितामा आयोजककै बी समुह पहिलो र ए समुह दोस्रो भएका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा प्रथम हुने नेपाल भलिवल क्लब युएई बी समुहलाई ९० हजार नगद सहित मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै प्रतियोगिताको उपविजेता आयोजक समुहकै ए समुहले ४५ हजार रुपैया नगद सहित मेडल र शिल्ड प्राप्त गरेको छ ।
युएईमा भलिवल प्रतियोगिता धेरै हुने भएपनि ठूलो धनराशी पुरस्कार भएको प्रतियोगिता पहिलो पटक आयोजना भएको पुर्व खेलाडी हिरालाल श्रेष्ठले जानकारी दिए । रोजगारीमा युएई आई विभिन्न राज्यमा कार्यरत पूर्व राष्ट्रिय खेलाडी सहितको १२ वटा समुहले प्रतियोगितामा सहभागीता जनाएका थिए ।
आबुधाबीको बलिदिया खेल मैदानमा भएको प्रतियोगितामा सहभागी अधिकांश समुहका खेलाडीहरु आबुधाबी पुलिस फोर्समा कार्यरत युवाहरु थिए । प्रतियोगिता सञ्चालन गर्न यहाँ व्यवसाय गर्दै आएका नेपालीले सहयोग गरेका थिए । आउँदो वर्ष पनि यस्तै खालका प्रतियोगिता आयोजना गर्दै जाने र अन्तराष्ट्रिय समुदायका टोलीलाई समेत सहभागी गराउने प्रयास रहने क्लबका अध्यक्ष इश्वर घमालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *