अमेरिकामा कार दुर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु

भक्तपुर न्यूज

३ पुष २०७३ ८:२१

अमेरिकामा कार दुर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु

अमेरिका । अमेरिकामा कार दुर्घटनामा परि एक नेपाली विद्यार्थीको निधन भएको छ । अमेरिकाको उत्तरपश्चिम राज्य वासिङटन राज्यको १९५ राजमार्गमा १५ डिसेम्बरका दिन भएको कार दुर्घटनामा नेपाली विद्यार्थी २१ वर्षीया ममता कंडेलको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।
कंडेलले सन २०१४ मा आइडाहो विश्व विद्यालयबाट समाजशास्त्रमा अध्ययन समाप्त गरेकी थिइन् । उनी जाडो मौसममा नेपाल जाने तयारीमा रहेको पनि भर्जिनियामा रहेका उनका आफन्तले बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *