म्यानचेस्टर युनाइटेडको सहज जित
एजेन्सी, ३ पुस । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो जित निकालेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टरले वेष्ट ब्रोमलाई २–० ले हराएर तेस्रो जित निकालेको हो ।
युनाइटेडको जितमा दुवै गोल जाल्टन इब्राहिमोविचले गरे । पाँचौं मिनेटमा इब्राहिमोविचको गोलबाट युनाइटेडले सुरुवाति अग्रता लियो । ५६ औं मिनेटमा इब्राहिमोविचले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
जितपछि युनाइटेड १७ खेलबाट ३० अंकसहित पाँचौं स्थानमा छ । गएराति भएका अरु खेलमा लिसेस्टर सिटी स्टोक सिटीसँग २–२ को बराबरीमा रोकियो । यस्तै मिडल्बर्गले स्वान्सी सिटीलाई ३–०, सन्डरल्याण्डले वाट्फोर्ड र वेष्ट ह्यामले हल सिटीलाई समान १–० ले हरायो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९