सेभिल्लाले बार्सिलोनालाई उछिन्यो

भक्तपुर न्यूज

३ पुष २०७३ ६:२६

सेभिल्लाले बार्सिलोनालाई उछिन्यो

एजेन्सी, ३ पुस । स्पेनिस ला लिगामा बार्सिलोनालाई पछि पार्दै सेभिल्ला दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा सेभिल्लाले मालागालाई ४–० ले हराउँदै अंक तालिकाको स्थानमा उक्लिएको हो ।
सेभिल्लाको लागि लुसिएनो विएट्टोले २५ र २८ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै ३४ औं मिनेटमा बेन यड्डर र ३५ औं मिनेटमा माचिन पेरेजले गोल गरे । पहिलो हाफमै चार गोल गरेको सेभिल्लाले ११ मिनेटको बिचमा गोल गरेको थियो ।
६१ औं मिनेटमा एडिल रामी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो । तर मालागाले गोल फर्काउन सकेन । जितपछि दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको १६ खेलबाट ३३ अंक भएको छ । लिगमा एक खेल कम खेलको बार्सिलोना ३१ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
शीर्ष स्थानको रियल मड्रिडको १५ खेलबाट ३७ अंक छ । गएराति भएका अरु खेलमा भिल्लारियलले स्पोर्टिङ गिजोनलाई ३–१, एथ्लेटिको मड्रिडले लास पालमसलाई १–० तथा रियल सोसिडाडले ग्रनाडालाई २–० ले हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *