संसदको गतिरोध छाडेर सभामुख विदेश भ्रमणमा
काठमाडौं, २४ मंसिर । संसदमा गतिरोध कायम रहँदा सभामुख ओनसरी घर्तीमगर विदेश भ्रमणमा निस्कँदै छिन् ।
विश्वका महिला सभामुखको भेलामा सहभागी हुन घर्ती भोलि संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्न लागेकी हुन् । घर्तीसँगै प्रमुख दल कांग्रेसकी सांसद सीता गुरुङ, एमालेकी टुकाभद्र हमाल, माओवादी केन्द्रकी कमला दोङ र संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । विश्वका ४० देशका महिला सभामुख रहेको भेला दुई दिनसम्म चल्नेछ ।
सभामुख घर्ती आफू विदेश भ्रमणमा जाने भएपछि संसदको बैठक आगामी मंसिर ३० गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख नेतृत्वको पाँच सदस्यीय भ्रमण टोली मंसिर २९ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२६ माघ २०८१ १४:५८
दिल्लीमा केजरीवालले चुनाव हारे, भाजपाको सरकार बन्दै
२८ माघ २०८१ १६:१०