दुर्घटनामा स्कुटी चालकको मृत्यु
भक्तपुर, २३ मंसिर । भक्तपुर नगरपालिका–१५ कालोपाटीमा आज रोकिराखिएको बा ३ क ३७८१ नंको बसमा बा ७९ प १७६ नंको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामेछाप हिलदेवी–१ घर भई भक्तपुरको ताथली बस्दै आएका २२ वर्षीय सूर्य योञ्जनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
त्यसैगरी, आजै भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा २ ख ६२८७ नंको बस थिमि एसएस चोकमा अनियन्त्रित भई विपरीत दिशामा पुगेर बा १ स ५०५ नंको पर्यटक बसलाई ठक्कर दिन पुग्दा बस चालक घाइते भएका छन् ।
ठक्कर दिने बस चालक भक्तपुर नगरपालिका–४ कमलविनायक बस्ने दीपकलाल श्रेष्ठ घाइते भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
७ चैत २०८१ १३:२३
आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
७ चैत २०८१ १३:२७