प्रवासी नेपालीलाई राज्यले उचित सम्मान गर्नुपर्छ : भण्डारी

भक्तपुर न्यूज

२१ मंसिर २०७३ ८:१७

प्रवासी नेपालीलाई राज्यले उचित सम्मान गर्नुपर्छ : भण्डारी

अमेरिका । वन तथा भू-संरक्षण मन्त्री शंकर भण्डारीले प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्ने बताएका छन् । अमेरिकाको लसएञ्जलस स्थित नेपाल-अमेरिका एकता समाजको वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले प्रबासमा रहेका नेपालीहरुलाई राज्यले अपहेलना नगरेको बताए । उनले जन्मभूमी छाडेर प्रवासमा रहेका नेपालीहरुलाई आफ्नै ठाउँ र्फकन राज्यले उचित बातावरण तयार गर्नुपर्ने भनाई राखे ।

राजनीतिक गतिरोध अन्त्य र अहिलेको समस्या समाधानका लागि प्रमुख राजनीतिक दलहरुले एकै ठाउँमा रहेर सम्बादको माध्यमबाट साझा निकास खोज्नु पर्ने मन्त्री भण्डारीले बताए । नेपाल अमेरिका एकता समाजको अध्यक्ष सुर्य प्रसाईको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा महासचिब डोल्मा लामाले संस्थाको वाषिर्क प्रतिबेदन तथा कोषाध्यक्ष अन्जना बस्नेत पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *