तरकारीको सहर भक्तपुरमा छैन तरकारी बजार

भक्तपुर न्यूज

१७ मंसिर २०७३ ११:३०

तरकारीको सहर भक्तपुरमा छैन तरकारी बजार

भक्तपुर, १७ मंसिर । नेपालमा तरकारी उत्पादनको सहरका रुपमा चिनिएको भक्तपुरमा व्यवस्थित तरकारी बजार नहुँदा तरकारी उत्पादक किसानहरूले उत्पादित तरकारीको सही मूल्य पाउन सकिरहेका छैनन् । स्थानीयस्तरमा तरकारी बजार नहुँदा तरकारी उत्पादक किसानहरू मात्र नभएर तरकारी खरिद गर्ने उपभोक्तासमेत ठगिने गरेका छन् । किसान दिलकुमारी कोजू भन्छन्, नेपालकै राम्रो तरकारी उत्पादन हुने र यहाँको माटोको उर्वरा शक्ति राम्रो रहेता पनि यहाँका किसानहरू नगदे बालीतर्फ अग्रसर नभएकाले पनि किसानहरूले सोचेअनुसारको लाभ लिन सकिरहेका छैनन् ।
बेमौसमी तरकारी उत्पादनमा किसानहरू अग्रसर रहन नसक्दा जति लाभ लिन सक्थे त्यति लिन सकेका छैनन् भने खेतसम्मै पुगेर तरकारी खरिद गर्ने र सोही तरकारीको मूल्यमा थप मूल्य जोडेर बजारमा ल्याउने गरेकाले समेत काठमाडौंमा भन्दा भक्तपुरमा तरकारीको मूल्य महँगो हुने गरेको हो । उनी भन्छन्, किसानहरूका लागि उचित तरकारी बजार भइदिएको भए किसानका साथै उपभोक्ता ठगिने थिएनन् । उनी भन्छन् काठमाडौंबाटै वा यहाँका तरकारी ठेकदारहरू खेत सम्म आएर तरकारी खरिद गर्छन् र बजारमा लिएर जान्छन् तर किनेको मूल्यको दोब्बरमा बेच्ने गर्दा उपभोक्ता ठगिने गरेका छन् । खै यसतर्फ कसैको ध्यान जान सकिरहेको छैन् ।
भक्तपुरका तरकारी उत्पादन गर्ने किसानहरू भन्दा तरकारी माफियाहरू मालामाल भएका छन्, तर बिचरा किसानहरू त तरकारी उत्पादन गर्छन् बजार नहुँदा कंगाल बनेका छन् किसान कृष्ण अवाल बताउँछन् । उनी भन्छन्, उपत्यकाको लागि चाहिने आधा भन्दा बढी तरकारी उपलब्ध गराउने जिल्लावासी बढी मूल्य तिरेर तरकारी किन्न बाध्य भएका छन् । खेतसम्मै आएर बिचौलियाहरुले सबै एकै पटक खरिद गर्छन् जसकारण पनि सस्तो पर्न जान्छ खेतबाट तरकारी किनेर लगेपछि जतिमा बेचे पनि हामीले के गर्ने के भन्ने र फाइदा लिएको हे¥यो बस्यो । आफंै तरकारी बेच्न जाउँ खेत कसले समालिदिने त्यो भन्दा सस्तोमै खेतबाटै तरकारी बेच्ने गरेका छौं, उनी भन्छन् । भक्तपुरमा पहिला जग्गाको अभाव थिएन तरकारी जति पनि उत्पादन हुन्थ्यो, तर हाल आएर जग्गामा खेतीभन्दा घरहरू धेरै बनेका छन्, जग्गाको हाहाकार छ यो अर्को कारण पनि हुन सक्छ तरकारीको मूल्य बढ्नुमा । आफ्नो खेतमै तरकारी उत्पादन गर्नेहरूले सस्तोमा तरकारी बेच्ने गरेता पनि खेत भाडामा लिएर तरकारी उत्पादन गर्ने किसानहरू हाल बढीनै मर्कामा परेका छन् ।
तरकारीमा देखिने विभिन्न रोगले तरकारी उत्पादनमा कमी आउनुका साथै जग्गा भाडासमेत महँगो बनेकाले तरकारी पेसाबाट बिस्तारै विस्थापित बन्दै गएका छन् खेत भाडामा लिएर काम गर्ने किसानहरू । समस्यामा रहेको तरकारी उत्पादक किसानका बारे यो गुनासो हो । हुन त कृषि कार्यालयले विभिन्न सुविधाहरू दिन्छ भन्ने सुनेको छु, तर पनि भक्तपुरको सवालमा केही टाठाबाठा किसानहरूबाहेक अन्यले त्यस्तो सरकारी सुविधा पाएका छैनन् सुवालको भन्छन् ।
सुकुलढोका निवासी कृष्णमान दिवाकर तरकारी व्यवसायमा लागेको २७ वर्ष नाघिसक्यो । तरकारी बजारकाबारे कसैले नसोचिदिँदा भक्तपुरमा तरकारी खरिद गर्ने उपभोक्ताले फरक फरक मूल्यमा तरकारी किन्नु परेको छ । उचित बजारको अभाव नै तरकारीको मूल्यमा देखिएको फरक मूल्य निर्धारण हो । भक्तपुरमा भन्दा काठमाडांैमा तरकारीको मूल्य सस्तो हुनुमा नेपालका विभिन्न स्थानबाट तरकारी भित्रिनु नै पहिलो कारण हो । त्यस्तै भक्तपुरमा स्थानीयहरूको तरकारी उत्पादनमा बढीनै सहभागिता रहेकाले र फ्रेस तरकारी उपलब्ध हुने भएकाले तरकारीको मूल्य बढी रहेको हुन सक्छ ? दिवाकरका अनुसार ७० प्रतिशत भन्दा बढीको तरकारी उत्पादनमा सहभागिता रहेको छ चाहे त्यो पूर्ण तरकारी उत्पादन होस् या करेसाबारी ।
तरकारी बिक्री गर्ने स्थानका हिसाबले पुरानो बजार सुकुलढोका रहेता पनि हाल आएर भक्तपुरका विभिन्न स्थानमा तरकारी पसलहरू खुलेका छन् । सुनदेखि नुनसम्म पाइने स्थानका रुपमा चिनिएको सुकुुलढोकामै रहेर आफूले २७ वर्षको लामो समयसम्म तरकारी व्यवसायलाई निरन्तरता दिँदै आएको दिवाकरले बताए । उनी भन्छन्, तरकारी बजार बनाउनेतर्फ सम्बन्धित निकायहरूको किन ध्यान नगएको होला । हाल आएर तरकारी व्यवसाय कठिन बन्दै गएको छ । इमानदार भएर काम गर्ने तरकारी व्यवसायीहरूको जीवन गुजारा गर्न समेत गाह्रो भएको छ । यदि समयमै स्थानीय निकाय र सम्बन्धित निकायहरूले भक्तपुरको तरकारीका लागि बजार व्यवस्थापन गर्न नसके तरकारी उत्पादन गर्ने जिल्लाका किसानका लागि तरकारी खरिद गरेर खान नसक्ने दिन नआउँला भन्न सकिँदैन दिवाकर भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *