राष्ट्रपतिको आग्रह सभामुखलाई

भक्तपुर न्यूज

१७ मंसिर २०७३ ११:१७

राष्ट्रपतिको आग्रह सभामुखलाई

१७ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख ओनसरी घर्तीले शुक्रबार भेटवार्ता गरेकी छन् । भेटमा सभामुख घर्तीले व्यवस्थापिका संसदमा भइरहेको पछिल्लो गतिविधिबारे जानकारी गराएकी थिइन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले दलहरुबीचको असहमति हटाएर दलीय सहमति जुटाउन संयोजनकारी भूमिका खेल्न आग्रह गरेकी थिइन् । सभामुखको सचिवालयका अनुसार घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच देखिएको बेमेल अन्त्य गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेको बताएकी थिइन् ।

छलफलका क्रममा दलका नेताहरुले सहमतिका साथ अघि बढ्न प्रतिवद्ध रहेको जानकारी राष्ट्रपति भण्डारीलाई सभामुख घर्तीले गराएकी थिइन् । सहमतिको वातावरण बनाउन आफू सदैव तयार रहेको जानकारीसमेत राष्ट्रपति भण्डारीलाई गराएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *