जिदानका जेठा छोरा इन्जोले डेब्यु खेलमै गोल गरे
एजेन्सी, १६ मंसिर । रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम ३२ अन्तर्गतको दोस्रो लिगमा रियल मड्रिडले कल्चरल लिओनेसालाई छ एक गोलले हराएको हो । रियल समग्रमा ते¥ह दुईको जितसहित अन्तिम १६ मा पुगेको हो ।
पहिलो लिगमा रियल सात एकले विजयी भएको थियो । दोस्रो लिगमा रियललाई जिताउन यही खेलबाट क्लबमा डेब्यु गरेका प्रशिक्षक जिनेदिन जिदानका छोरा एन्जोले गोल गरेका छन । उनले खेलको ६३ औं मिनेटमा गोल गरेका हुन । उनी मध्यान्तरपछि मैदानमा छिरेर गोल गरेका हुन । एन्जोले प्रिसिजन टुरमा रियलबाट खेलेका थिए ।
तर प्रशिक्षक बुवा जिदानले पहिलो पटक एन्जोलाई रियलको प्रतिस्पर्धात्मक खेलमा खेल्ने मौका दिएका हुन । २१ वर्षका मिडफिल्डर एन्जोले मौकाको फाइदा उठाउदै गोल गरेका हुन । जिदानका चार छोरा मध्ये एन्जो जेठो छोरा हुन । उनका अर्का छोरा रियलको युथ टिमका गोलरक्षक छन । राति नै भएको अर्को खेलमा बार्सिलोना भने हर्कुलेससँग एक एकको बराबरीमा रोकिएको । एथ्लेटिको मड्रिडले गुइजुएलोलाई छ शुन्यको अन्तरले पराजित गरेको छ ।