सिड्नी र पर्थमा जात्रा हाउसफुल
सिड्नी । नेपालमा अपार सफलता हात पारेको नेपाली चलचित्र जात्राले अष्ट्रेलियाको सिड्नी र पर्थका नेपालीको पनि मन जितेको छ ।आइतबार साँझ सिड्नी र पर्थमा भएका दुइवटै सो हाउसफुल भएका छन् । सिड्नी सिनेमा प्रर्दशन गर्ने बेनी फुटवल क्लवका सचिव लक्की श्रेष्ठ पहिलो सोका सवै टिकट सोल्ड आउट भएको र २० जनाजति दर्शक फर्किनुपरेको बताए । दोस्रो सो तीन डिसेम्बरमा आयोजना हुन लागेको र त्यसको ९० प्रतिशत टिकट बिक्रि भइसकेको श्रेष्ठले जानकारी दिए ।
आइतबार नै अष्ट्रेलियाको पर्थमा पनि जात्रा प्रर्दशन भएको छ । पर्थमा सिनेमा प्रर्दशन गरेका नमस्ते नेपाल इभेन्ट्सका निर्देशक दीपक शर्माका अनुसार प्रर्दशन निकै सफल भएको छ । पछिल्ला दिनमा नेपाली सिनेमा मा यति धेरै संख्या देख्न पाइएको थिएन’ शर्माले भने, दर्शकको सहभागिता र फिल्म हेरेपछि प्रतिक्रिया निकै उत्साहजनक लाग्यो । राम्रा नेपाली फिल्म बने नेपालीभाषी दर्शकले हिन्दी फिल्म हेर्दैनन् भन्ने आफुलाई बिश्वास लागेको उनले बताए । पहिलो सोमा ५० जना जतिले टिकट नपाएको हुँदा अब दोस्रो सो आयोजना गर्नुपर्ने अबस्था आएको उनले बताए ।