बाजुराका १३ गाविसमा खडेरीमा

भक्तपुर न्यूज

१२ मंसिर २०७३ ६:१६

बाजुराका १३ गाविसमा खडेरीमा

बाजुरा, १२ मंसिर । जिल्लाका केही गाविसहरुमा १७ महिना सम्म पानी नपर्दा किसानले चार बाली लगाउन पाएका छैन । २०७१ साल असारदेखि खडेरी परिरहेको स्थानीयहरुले बताएका छन् ।
बाजुरा जिल्ला बिभिन्न किसिमका समस्याले गर्दा देशकै पुच्छरको र पछाडि परेका जिल्लाकोे रुपमा चिनिने बाजुराका १३ गाविसमा खडेरी परेको छ । जिल्लाका उत्तरी भेगका साप्पाटा, जुकोट, वाई, रुगीन, विच्छायाँ, बाँधु, कोटीला, जगन्नाथ, गात्री,र दक्षिणी भेगका काडा, जयबाग्यश्वरी, दहकोट, मानाकोट लगायतका गाविसहरुमा बढी खडेरी परेको छ ।
जेठतिर अलिअलि पानी परेपछि धानको बीउ त राखियो तर असारमा पानी नपरेपछि बीउ बेर्ना मै सुकेर गरेको केहीले गाई बस्तुहरुले घाँस काटेर खुवाएको वाई ७ की बशन्ती गिरीले दुखेसो पोखिन् ।
खडेरीले गर्दा चार बाली लगाउन नपाएको वाइ ८ की सीता कैलाले बताईन् । उनले खेती लगाउनका लागि धानको बेर्ना राखेको तर पानी नपरेपछि वेर्ना समेत उखेलेर फालेको बताईन् । खडेरीले गर्दा बिहान बेलुकी हात मुख जोर्न समेत धौ धौ परेको उनले बताईन् ।
खेती लगाउनका लागि आकाशे पानीको भर पर्नु पर्ने भएकाले खेती लगाउनका लागि राखेको धानका वेर्ना नै सुकेको साप्पाटाका मन बहादुर रोकायाले बताए । उनले साप्पटामा सुख्खायाममा पनि पहिरो आएर लगाएको खेती समेत नष्ट पारेको सुनाए ।
जिललाका १३ गाविसका खेती योग्य जमिनहरु अहिले बाँझो जग्गामा रुपमा परिणत भएका छन । खडेरी प्रभावित क्षेत्रमा सरकारले नै राहत वितरण गरिसकेको निमित्त प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाहीले बताए । शाहीका अनुसार जिल्लामा खडेरीका कारणले जनताले भोग्नुपरेको समस्यालाई सबैले एक भएर समाधान गर्नुपर्नेमा सहमत हुनुपर्ने बताए । उनले खडेरी प्रभावित क्षेत्रका लागि जिल्ला प्रशासनले मात्र गरेर केही नहुने बताए । भोकमारीसँग जुध्न जिल्लामा रहेका राजनितिक दलहरुको सहयोग पनि आवश्यक छ, उनले भने । खडेरी प्रभावित भएका गाविसहरुका बारेमा आफु पनि चिन्तित बनेको शाहीले बताए ।
वाई गाविसका स्थानीयबासीहरुले अघिल्लो साता जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा हामीलाई बचाउनु पर्यो सरकार भदै विज्ञप्ती सहीतध्यान कार्षण गराएका थिए ।
जिल्लामा खडेरीले खाद्यन्नमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अव कम पानी चाहिने खालका बालीहरुको विउ लगाउनका लागि कृषकहरुले जानकारी दिने र विउ खोजी रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा. रामकृष्ण श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *