तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ निर्विरोध निर्वाचित

भक्तपुर न्यूज

१० मंसिर २०७३ ७:४९

तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ निर्विरोध निर्वाचित

लन्डन । बेलायतको सबैभन्दा ठूलो जातीय तथा सामाजिक संस्था तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ निर्विरोध निर्वाचित भएका छन् । तमु भवन मिचेटमा हालै सम्पन्न अधिवेशनले उनलाई ९ औं कार्यसमितिका लागि अध्यक्ष चुनेको हो ।
अधिवेशनबाट दुई उपाध्यक्ष पदमा नन्दजंग गुरुङ र हितकाजी गुरुङ निर्विरोध चयन भए । त्यस्तै महासचिवमा कृष्ण गुरुङ, सचिव तुलाराम गुरुङ, कोषाध्यक्ष दिपक गुरुङ, सहकोषाध्यक्ष कुमार गुरुङ, प्रवक्ता एवं मिडिया सेक्रेटरीमा रोहित गुरुङ, खेलकुद सचिव क्या.पिताम्बर गुरुङ, प्रोपर्टी सचिव लैञ्चकुमार गुरुङ, सांस्कृतिक सचिव कृष्ण गुरुङ, वेबमा एसके गुरुङ र मान गुरुङ एवं फोटोग्राफरमा मिलन तमु चयन भएका छन् ।
सदस्यहरुमा सिरी गुरुङ, बुद्धि गुरुङ, नरेश गुरुङ, बुद्ध घले, भरत गुरुङ, इन्द्र गुरुङ, राजेन्द्र गुरुङ, ललित गुरुङ, दिपेन्द्र गुरुङ, दिपक गुरुङ, एमकुमार गुरुङ, नमरजंग गुरुङ, श्री गुरुङ र नरप्रसाद गुरुङ निर्विरोध निर्वाचित भए ।
नयाँ समितिले आउँदो ल्होसारबाट कार्यभार ग्रहण गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *