सम्पदाको तेस्रो धनी दैलेख
। प्रेमबहादुर शाही ।
ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक सम्पदा, प्राकृतिक स्रोत साधन एवं पर्यटकीय क्षेत्र, सिंजा राज्यको शीलकालिन राजधानी, नेपाली भाषाको पहिलो शिलालेख पञ्चकोशी तिर्थस्थल, ३२ वटा जात÷जातिको उद्गम स्थल, सयौं वर्षदेखि पानी माथि निरन्तर बलिरहेको ज्वाला, पुराना लिपि देवल, खम्वहरु, दश हजार मेगावाट विद्युत उत्पादन हुने नदी, बाईसे,चौविसे राज्य मध्ये दुईवटा राज्य, काठमाडौं, लुम्बिनीपछि दैलेख जिल्ला नेपाल कै ‘तेस्रो धार्मिक धाममा पर्छ ।
सम्पदाको तेस्रो धनी जिल्लाका रुपमा समते दैलेखले आफ्नो पहिचान बनाएको छ । यहाँ वर्षौदेखि माटो मुनि दबिएर रहेका दुर्लभ महत्वका पुराना र प्राकृतिक स्रोत साधनलाई उत्खनन् गरेर प्रयोगमा ल्याउने सके दैलेख जिल्ला मात्र नभई देशको नै मुहार फेरिने सम्भावनाहरु रहेका छन् । आर्थिक, सामाजिक, धार्मिक सम्पदाका साथै मानव सभ्यताका बारे जानकारी प्रदान गर्ने यस जिल्ला पञ्चकोशी क्षेत्रको रुपमा पनि चिनिन्छ ।
सम्पदाहरुको हिसावले दैलेखलाई विश्व खुल्ला संग्रहालय र खुल्ला बिश्वविद्यालयको रुपमा समेत बिज्ञहरुले चित्रण गर्ने गरेका छन् । मानव सभ्यातादेखि हालसम्म यस जिल्लाको अध्ययन गर्ने हो भने बिगतका समयमा ओझेलमा रहेका हरेक बिषयको बिस्तारै उजागर हुँदै आएको छ । द्वन्द्वले यस जिल्लाको समग्र स्वरुपमा असर गरेता पनि दिर्घकालिन असर पार्न सकेन र पूर्ण वा आंशिक रुपमा ध्वस्त भएका केही भौतिक संरचनाहरु पुर्नः निर्माण गरिएका छन् ।
जिल्लाभर छरपष्ट रहेका ऐतिहासिक भौतिक संचरनाहरुको बिस्तारै चेतनाको अभिबृद्धिसँगै संरक्षणमा हरेक क्षेत्र लाग्न थालेका छन् । पछिल्लो समयमा जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने प्रयास सबै क्षेत्रको प्रयास जारी रहेको छ ।
बाह्रय तथा आन्तरिक पर्यटकहरु दिनप्रतिदिन जिल्लाको अध्ययन÷अवलोकन गर्न आउने क्रमको बिकास गर्नु पर्ने तर्फ सबैको ध्यान पुग्नु सके दैलेखका बारे जानकारी दिन सकिने छ ।
सम्पदा तथा धार्मिक पर्यटकिय स्थहरुका बारे जानकारी यसरी लिन समेत सकिन्छ । शिरिस्थान क्षेत्रमा पानी माथि आगो बल्नु, नाभिस्थान क्षेत्रमा वषौंदेखि ईन्द्र ज्वाला र गढी ज्वाला प्रज्जवलित हुनु, पादुकास्थान क्षेत्रमा चौधौं शताब्दीमा निर्मित बलौटे ढुङ्गामा कुदिएका गरुडासन, धुलेश्वर क्षेत्रमा मृत ज्वालामूखीको एकमात्र अवशेष, कोटीला क्षेत्रमा ठूलठूला पार्षण खण्डहरु रहेका छन् । यस अलवा महावुलेक, रानीमत्ता गुराँसे लेक, बेहुलीको लेक, राकम फाँट, राहीली त्रिपानी, चालिस मुलको चाल्नेमूल, ताउदाखर, देशको दोस्रो लामो झरना, गुफा र ओडार, तल्लोडुङ्गेश्वर, वालेश्वर मन्दिर, वेलासपुर मन्दिर, नारायण मन्दिर, गणेश र शिव मन्दिर, वाणगंगा, किर्तिखम्ब, पौवा, दुल्लु दरवार, वेलासपुर दरवार, मुग्राहा धारा, पाथरनाउली, कोत गढी, मण्डप, सपाट, गुम्बज शैली, ¥याउ÷¥याउको धारो, खम्बर, देवल, थरहरुको उद्गम स्थल, ग्रामीण पर्यटन, कृषि पर्यटन, युद्ध पर्यटन, खनिज सम्पदा, कला संस्कृति र साहित्यले जस्ता मूर्त र अमूर्त सम्पदाहरुको धनी जिल्ला हो दैलेख ।
मानव सभ्यताको जानकारीसँगै इतिहास र वर्तमानको जानकारी लिने स्थलका रुपमा दैलेख जिल्ला घुम्नुपर्ने स्थानका रुपमा परिचित हुँदै छ । नेपालका ३ वटा मुख्य नदी मध्य कर्णाली नदीबाटमात्र १० हजार ८ सय मेगावाट विद्युत उत्पान हुने सम्भाब्यता बारे सरकारले जानकारी दिएको छ । स्व. राजा महेन्द्रले वि.स. २०१६ सालमा अमेरिका भ्रमणमा जाँदा तत्कालिन राष्ट्रपति आइजन हावरसँग अनुरोध गरी पहिलो पटक कर्णाली नदीलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयोजकत्वमा अध्ययनमा ल्याउँदा कर्णाली नदीको अध्ययन कार्य सम्पन्न गरिएको थियो । इन्धनको खानी पनि यस जिल्लामा रहेको छ । वि.स. २०६८ साल चैत्रको तेस्रो साता पुरातात्विक विभागबाट नेपालको दैलेख जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाहरुको विषयमा स्थलगत अध्यानको लागि आयो । एक साताको विस्तृत अध्ययपछि जिल्लामा रहेका सवै सरोकारवालाहरुसँगको छलफलमा दैलेख जिल्ला सम्पदाको दृष्टिले नेपालकै तेस्रो धनी जिल्ला भएको प्रतिवेदन निकालि सकेको छ । वाईस÷चौविसे राज्य मध्य दुल्लु र वेलापसुर राज्य गरी दुईवटा राज्य यहाँ रहको छन् । त्यसैले आज दैलेखलाई ६ नम्बर प्रदेशको राजधानी बनाउनु पर्दछ भन्ने आवाजहरु उठेका छन् । यहाँ यो पंक्ति लेखिरहदा कतै प्रादेशिक राज्य बनाउदा उत्तम नै रहेको छ, किन भने दैलेख सवै वस्तुको अध्ययन अवलोकन गर्दा अन्य जिल्ला भन्दा केही आकर्षित, विकसित र धार्मिक दृष्टिले प्रख्यात रहेको छ ।