बालुवाटारमा नारायण काजीको कडा प्रस्तुती ः मोर्चाका नेता चुप
८ मंसिर, काठमाडौं । संविधान संशोधनका लागि सरकारलाई लगातार दबाव दिन बालुवाटार पुगेका मधेसी मोर्चाका नेताहरुलाइ बालुवाटारमा े प्रधानमन्त्रीसँगै रहेका नारायणकाजीको प्रश्नले तैं चुप मै चुप बन्नु पर्ने अवस्था श्रजना भएको छ । संविधान संशोधनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चा र संघीय गठवन्धनका नेताहरुलाई बालुवाटार बोलाएको अवस्थामा सँगै रहेका नारायणकाजीले सरकारको प्रस्ताव थाहा भइसकेको भन्दै संबिधान संसोधन प्रस्तावलाई स्विकार्दै चुनावमा जाने कि नजाने भनि प्रश्न गरेको थिए । बिगतमा समेत धोका भएको भन्दै श्रेष्ठले ‘हेरौंला, हेरौंला’ भनेर मात्रै नहुने भन्दै श्रेष्ठ बैठकमा प्रश्न गरे( अहिले नै क्लियर गर्नुपर्छ । संशोधनको समर्थन गर्ने वा विरोध गर्दै भए पनि चुनावमा जाने कि नजाने यदि नजाने भए किन संबिधान संसोधन गर्ने भनि प्रश्न गरेका थिए । यदि दर्ता गर्नुपर्ने अवस्था आए आफ्नो पार्टीको एजेण्डा अनुसारकै संशोधन प्रस्ताव लैजाने श्रेष्टले बैठकमा बताए ।
लगत्तै प्रधानमन्त्री प्रचण्डले पार्टी नेता श्रेष्ठको धारणामा समर्थन गर्दै त्यही प्रश्न दोहोर्याए । प्रचण्डले त्यसको थप ब्याख्या गर्दै एमालेले समर्थन गर्दिनँ भनेको र मधेसी मोर्चाले पनि नमान्ने अवस्थामा किन संशोधन गर्दा गरुँ भनेर प्रश्न गरे । माओवादी नेता प्रकाश र प्रधानमन्त्रीको प्रश्नपछि मधेसी मोर्चाका नेताहरु चुप भए । उनीहरुले चुनावबारे केही बोलेनन् । तर, केही नेताहरुले संविधान संशोधन दर्ता गर्नुस्, त्यसपछि सहमति खोजौंला भने । तर, श्रेष्ठले मागेजस्तो संशोधनमा सहमति जनाउने र चुनावमा जाने प्रतिवद्धता भने मधेसी मोर्चाका नेताहरुले जनाएनन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बैठकमा अनुपस्थित थिए । उनको पार्टीका नेता राजेन्द्र श्रेष्ठले सात प्रदेशको प्रस्ताव नमान्ने घोषणा गरे ।