जापानमा ६.९ रेक्टर स्केलको भूकम्प
एजेन्सी, ७ मंसिर । जापानमा शक्तिशाली भूकम्प गएकाे छ । जापानको उत्तर–पूर्वी तटमा ६.९ रेक्टर स्केलको भूकम्प गएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा सुनामीको १० फीट अग्लो छाल ठोकिएको बीबीसीले जनाएको छ । भूकम्प फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा गएको हो ।
सुनामीले कुनै क्षति पुगेको खबर नआएपनि सुनामीको खतरा जारी रहेको बताइएको छ । जापान मौसमविज्ञान एजेन्सीले भूकम्प स्थानीय समयानुसार मंगलबार विहान ६ बजे गएकाे जनाएको छ । भूकम्पको धक्का राजधानी टोकियोसम्म महसुस गरिएको छ । जापानमा सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । जसले यो तटीय क्षेत्रमा १८ हजारभन्दा बढी ज्यान लिनुका साथै ठूलो परिमाणमा भौतिक संरचना ध्वस्त पारेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३