जापानमा ६.९ रेक्टर स्केलको भूकम्प

भक्तपुर न्यूज

७ मंसिर २०७३ ९:११

जापानमा ६.९ रेक्टर स्केलको भूकम्प

एजेन्सी, ७ मंसिर  । जापानमा शक्तिशाली भूकम्प गएकाे छ । जापानको उत्तर–पूर्वी तटमा ६.९ रेक्टर स्केलको भूकम्प गएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा सुनामीको १० फीट अग्लो छाल ठोकिएको बीबीसीले जनाएको छ । भूकम्प फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा गएको हो ।

सुनामीले कुनै क्षति पुगेको खबर नआएपनि सुनामीको खतरा जारी रहेको बताइएको छ । जापान मौसमविज्ञान एजेन्सीले भूकम्प स्थानीय समयानुसार मंगलबार विहान ६ बजे गएकाे जनाएको छ ।  भूकम्पको धक्का राजधानी टोकियोसम्म महसुस गरिएको छ । जापानमा सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । जसले यो तटीय क्षेत्रमा १८ हजारभन्दा बढी ज्यान लिनुका साथै ठूलो परिमाणमा भौतिक संरचना ध्वस्त पारेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *