क्यानेडियन नेवा गुथी द्वारा ’मधुमेह सचेतना’ बिषयक प्रबचन कार्यक्रम सम्पन्न
टोरोन्टो – नोभेम्बर महिना ’मधुमेह सचेतना महिना’ को अवसर पारेर क्यानेडियन नेवा गुथीले नेपाली समुदायको लागि ’मधुमेह सचेतना’ बिषयक प्रबचन कार्यक्रम हालै टोरोन्टोमा सम्पन्न गरेको छ ।
सो कार्यक्रममा प्रारम्भमा बोल्नु हुँदै गुथीका उपाध्यक्ष्य उत्तम माकजूले नेपाली समुदायमा स्वास्थ्य सम्बन्धि जन चेतना जगाई स्वस्थ्य समुदाय निर्माण गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको जानकारी दिनु हुँदै कार्यक्रममा उपस्थित सहभागीहरु को स्वागत गर्नु भयो ।
कार्यक्रमका प्रमुख बक्ता एबम क्यानेडियन दाईबितीज एसोसियसनका बोर्ड डाइरेक्टर डायेना प्रोभेन्जानोले मधुमेह रोग दक्षिण एसियाली समुदायका व्यक्तिहरुमा बढी देखिने भएतापनि क्यानडामा पनि धेरैले समस्या भोगी रहेको बताउनु भयो । तपाइंले स्वस्थ्य आहार, शारिरीक सक्रियता अंगालेको खण्डमा यो रोग आफै भाग्दछू उहाले भन्नु भयो ।
प्रविधिको बिकाशले गर्दा आजकलका किशोर तथा युवाहरु बढी विद्युतीय संयन्त्र तथा खेलहरुमा रमाउने भएकोले अबिभाबकहरुले बिसेष ध्यान दिनु पर्नेमा उहाँले जोड दिनु भयो । अन्तर सक्रियात्मक बिधिबाट संचालन गरिएको सो कार्यक्रमको अन्त्यमा सहभागीहरु द्वारा सोधिएका जिज्ञासाहरुको प्रमुख बक्ताले उत्तर दिनु भएको थियो । प्रश्नोत्तरको क्रममा अबिभाबक संगै आएका ७ बर्षीय स्पर्श राजभण्डारीले मधुमेह रोकथाम सम्बन्धि प्रश्नहरुको ठिक ठिक उत्तर दिएर सबैलाई चकित पारेका थिए । कार्यक्रमको दोश्रो चरणमा नब आगन्तुक गुथीले स्वागत कार्यक्रम गरिएको थियो ।
सो अबसरमा मिली राजभण्डारी, पुस्कर लाल सिंह, श्रीजा सिंह लगायतका महानुभाबहरुले बोल्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सहभागी सबैलाइ धन्यवाद ब्यक्त गर्नु हुँदै गुथीका महासचिब बिमल मान श्रेष्ठले गुथी ले नेवा संस्क्र्ति सम्बर्द्दन र प्रबर्द्दन बाहेक समुदायका लागि प्रतक्ष्य लाभ हुने स्वास्थ्य सम्बन्धि जन चेतना कार्यक्रम, निशुल्क कर आबेदन सहयोग शिबिर, नेपाली समुदायको स्वास्थ्य, आर्थिक, सामाजिक अवस्था सम्बन्धि अध्ययन लगायतका कार्यक्रम गरिरहेको र आउँदो डिसेम्बर महिनामा ’यो मर्ही पुन्ही’ कार्यक्रम आयोजना गरिने जानकारी दिनु भयो ।