ट्रम्पसँग सहकार्य गर्न सकिने : सिरीयाका राष्टपति असाद
एजेन्सी, १ मंसिर । सिरियाका राष्ट्रपति बसर अल असादले आतंकवादविरुद्ध लड्न अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहकार्य गर्न सक्ने बताएका छन् ।
ट्रम्पले चुनावी अभियानमा आतंकवादसँग लड्न गरेको प्रतिबद्धता पूरा गरे ट्रम्पसँग सहकार्य गर्न सकिने सिरियाली राष्ट्रपति असादको भनाई रहेको छ ।
राष्ट्रपति असादले सिरियाप्रतिको वर्तमान अमेरिकी नीतिको आलोचना गरेको पोर्चुगलको सरकारी टेलिभिजनलाई उद्धत गर्दै विविसीले जनाएको छ । अमेरिकाले आफूलाई विश्वको पहरेदार ठानेको उनको आरोप छ ।
अमेरिकाले अहिले सिरियामा सक्रिय आईएस र जिहादी विरुद्ध आक्रमण गरिरहेको छ भने असादविरुद्ध सक्रिय मध्यमार्गी विद्रोहीलाई सहयोग गरेको छ । असादले भने मध्यमार्गी विद्रोहीलाई आतंकवादी समुह भन्दै आएका छन् ।
सिरियामा सन् २०११ को मार्च यता असादको शासन विरुद्ध चलेको संघर्षका कारण ३ लाखभन्दा भन्दा बढीको मृत्यु भइसकेको छ । आधा भन्दा बढी जनसंख्या युद्धका कारण आफ्नो थातथलो छाड्न बाध्य भएका छन् ।