तरुण दलमा भागबण्डा गर्ने तयारी
काठमाडौं, २८ कार्तिक । नेपाल तरुण दलको महाधिवेशनको बन्दसत्र सुरु भएको छ । पोखरा सभागृह सुरु भएको बन्दसत्रमा छलफल सुरु भएको छ ।
‘बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने नाराका साथ सुरु भएको महाधिवेशनमा नेतृत्वका लागि कांग्रेस नेताहरुले भागबण्डा गर्ने तयारी गरेको नेताहरुले बताएका छन् ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाबीच पदाधिकारीमा भागबण्डाको पहल भइरहेको काग्रेसका नेताहरुले बताएका छन् ।
अध्यक्षमा देउवा निकट जीतजंग वस्नेतलाई अध्यक्ष बनाउन सहमति खोजीएको नेताले बताए । महासचिबमा रामचन्द्र पक्ष र कोषाध्यक्ष सिटौलापक्षलाई दिई मिलाउने प्रयास थालेको एक नेताले बताए । तर सिटौला पक्ष भने चुनाव मै जाने बताइ रहेको छ ।
केन्द्रिय सदस्यदेखि प्रदेश संयोजक लगायतमा सबैमा त्रिपक्षीय रुपमा बाँडफाँड गर्ने तयारी रहेको छ । यस अगाडि देउवा र सिटौलाबिच सहकार्य हुदै आएपनि यो पटक भने रामचन्द्र पक्ष र देउवा पक्ष विच सहकार्य अगाडि बढेको नेताहरुको भनाई छ ।
कांग्रेसका भातृसंस्था नेविसंघ र महिला संघका महाधिवशसनमा देउवा र सिटौलाले एउटै प्यानल बनाएर चुनावमा गएपछि पौडेल पक्ष प्यानलको उपस्थिति न्यून हुँदै गएको थियो ।
सोमबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व सहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ । सोमबार निर्वाचनका कार्यक्रम भए पनि अहिलेसम्म निर्वाचन तालिका सार्वजनीक भएको छैन ।