मृगौला पीडितलाई नेवाः पुच दक्षिण कोरियाद्वारा आर्थिक सहयोग प्रदान
काठमाडौं । नेवाः पुच दक्षिण कोरियाले एक जना मृगौला पीडितलाई उपचारार्थ आर्थिक सहयोग गरेको छ । टोखा नगरपालिका ६ पुरोक्व निवासी वीरलक्ष्मी श्रेष्ठलाई टोखाका दक्षिण कोरियामा कार्यरत नेवाः पुचःका सदस्यले १ लाख ६० हजार रूपैयाँ हस्तान्तरण गरेका हुन् ।
दुबै मृगौला फेल भएर उपचार गराई रहेकी श्रेष्ठको उपचार सहयोगार्थ कोरियामा क्रियाशिल नेवाः पुचको समुहले उनकै घरमा गएर उक्त रकम हस्तान्तरण गरेको राम कृष्ण श्रेष्ठले बताउनु भयो ।
दक्षिण कोरियाबाट फर्केका टोखाबासि, स्थानीय निकायका टोखा नगरपालिकाका प्रतिनिधि प्रकाश डंगोल, र वडा ५ र ६ का प्रतिनिधि कृष्ण बहादुर सुर्खेती र स्थानीयबासिहरूको उपस्थितमा नेवाः पुच कोरियाका सचिव राजकुमार डंगोलले उक्त रकम हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८