हिन्दू धर्मावलम्बीको दोस्रो महत्वपूर्ण पर्व तिहार सुरु

भक्तपुर न्यूज

१२ कार्तिक २०७३ १:३२

१२ कात्तिक, काठमाडौं ।  कात्तिक कृष्ण त्रयोदशी,तद्अनुसार आजबाट हिन्दू धर्मावलम्बीकोे दोस्रो महत्वपूर्ण पर्व तिहार सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वीतियासम्म पाँच दिन मनाईने तिहारको पहिलो दिन आज कागको पूजा गरिन्छ

विहिनी यमुनाले दाजु यमराजलाई कागमार्फत नै भाइटीका थाप्न आउन सन्देश पठाएको धार्मिक मान्यताका साथ यमपञ्चकको पहिलो दिन आज यमराजको प्रिय भक्त र दूतका रुपमा विशेष पूजा गरी कागलाई मिठा परिकार दिइ सत्कार गर्ने प्रचलन छ । आज कागलाई पूजा÷आजा गरी खान नदिई आफूले खाए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता पनि छ ।kag-tihar

सबैलाई समान दृष्टिले हेर्ने सर्वभक्षी र अत्यन्त चलाख पंक्षी कागले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर उत्पादन बढाउन पनि सहयोग पु¥याउँछ । आजैका दिनदेखि यमदीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको बताइन्छ । हिन्दु धर्ममा पशुपक्षि, जनावरहरुको महत्व भएका कारण पनि काग तिहारको छुट्टे महत्व रहेको छ ।

यमुनाले यमराजलाई भाइटीकाका दिन काग मार्फत सन्देश पठाएकोले पनि काग र काग तिहारको छुट्टे महत्व रहेको छ ।
काग पूजाबाट सुरु हुने तिहारको पाँच दिनमा क्रमशः कुकुर, गाई, गोर्बधन, र दाजु–भाइको पूजा गरिन्छ । तिहारको तेस्रो दिन विहान गाईको पूजा गरी साँझ दीपावलीसहित लक्ष्मी पूजा गर्ने चलन छ । सोही दिन भैलो खेलिन्छ । गोवद्र्धन पूजाको दिन नेवार समुदायले म्हः पूजा गर्छन भने सोही साँझ देउसी खेल्ने परम्परा छ । पाँचौ दिन दिदी बहिनीले दाजु–भाईको सु–स्वास्थ्य र दीर्घायुको कामसहित टीका लगाइदिएर मीठा परिवार खुवाउँछन् । दाजु–भाइले दिदी–बहिनीलाई गच्छेअनुसार उपहार र दक्षिणा दिन्छन् ।

वैदिक कालमा भगवान विष्णुले खुसी भइ बलिराजालाई कात्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्य माग गर्न पाउने वरदान दिएको र ति दिनमा बलि राजाले आफ्नो राज्यभरी दीपावली गरी झकिझकाउ पारेको कथासँग तिहारको धार्मिक पक्ष जोडिएको मानिन्छ ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *