चालकले मोबाइल चलाउँदा दुर्घटना

भक्तपुर न्यूज

३ कार्तिक २०७३ १३:४५

भीमदत्तनगर, ३ कात्तिक । दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको ना ३ ख ९४३६ नंको यात्रुवाहक बस आज बिहान पूर्व पश्चिम महेन्द्र राजमार्गको गुलरिया–अत्तरिया खण्डको मोहना नदी छेउमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले चालकको लापरबाहीले दुर्घटना भएको बताउनुभयो । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य घाइतेको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

“बसमा रहेका प्रत्यक्षदर्शीका अनुसार चालक सुरेन्द्र कँुवर एक हातमा मोबाइलमा कुरा, अर्को हातले गीत परिवर्तन र कुहिनाले बस हाँक्दै गर्दा दुर्घटना भएको हो”, प्रहरी नायब निरीक्षक धामीले भन्नुभयो–“यात्रुहरुले त्यो नगर्न भन्दाभन्दै बस दुर्घटना भयो ।”

चालकको लापरबाहीका कारण बस दुर्घटना भएको बताउँदै उहाँले चालक कुँवरको खोजी भइरहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *