चिनियाँ पर्यटकको आगमन बढ्दै
रसुवा (धुन्चे), ३ कात्तिक । नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार गत चैत महिनायता २१ हजार १६ चिनियाँ पर्यटक केरुङ हुँदै रसुवागढीबाट नेपाल प्रवेश गरेका हुन् । “दैनिक १०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने गरेका छन्,” उहाँले भन्नुभयो ।
यस्तै चिनियाँ सामान आयात गर्न दैनिक सयौँ कन्टेनर रसुवागढी पुगेपछि टिमुरेर स्याँफ्रुबेसीको चहलपहल ह्वात्तै बढेको छ । चिनियाँ पर्यटकको आगमनले व्यापार व्यवसाय समेत फष्टाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०