बहत्तर लाखको लागतमा सडक मर्मत
बाबियाचौर (म्याग्दी), २६ असोज । म्याग्दीको पोखरेबगरदेखि चित्र जोड्ने सडक मर्मतका लागि रु ७२ लाख खर्च भएको छ । पर्यटकीय स्थल घोडेपानी जोड्ने उक्त सडक सुधारका लागि जिल्ला विकास समितिले गत आर्थिक वर्षमा सडक बोर्डअन्तर्गतको दुई, जिविस अनुदान र गाविसको संयुक्त लगानीबाट एक वटा योजना सञ्चालन भएको थियो ।
जिल्लाकै जोखिमयुक्त र कष्टकर मानिने १० किलोमिटर दूरीको उक्त सडक मर्मत पछि सुधार भएको हो ।
विभिन्न प्याकेजमा सडक फराकिलो पार्ने, नाली बनाउने, ग्रेड मिलाउने, सोलिङ गर्ने र ग्याबिन पर्खाल लगाउनलगायतका काम गरिएको जिविसका प्राविधिक कमल चोखालले बताउनुभयो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४