ग्यास सिलिन्डर विस्फोट भएमा पीडितलाई एक करोड क्षतिपूर्ति
३१ भदौ, काठमाडौं । खाना पकाउने ग्यासको सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् ।
एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्ताका लागि यस्तो व्यवस्था गरेको छ ।
ग्यास उद्योगीको बिमासम्बन्धी मापदण्डमा एकरुपता नहुँदा उद्योगका अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यसअघिसम्म एकमुष्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका थिए ।
‘अहिले हामीले मुलुकभरी एकरूपता ल्याउने गरी एउटा मापदण्ड तयार पारेर कार्यान्वयनमा ल्याएका छौ,’ संघका अध्यक्ष शिव घिमिरेले भने, ‘मापदण्ड भदौ १ गतेबाट लागू गरिसकेका छौं । अब देशभरका उपभोक्ताले एउटै दुर्घटनाबाट तीन प्रकारका समान रूपमा क्षतिपूर्ति प्राप्त गर्नेछन् ।’
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०