काठमाडौं । तपाईले सोयाविनको तरकारी वा अचार मिठो मानेर खानु भएको छ होला । स्वादका हिसाबमा मिठो मानेर खानुभएको यो सोयाविन स्वास्थ्यका हिसाबमा पनि निकै राम्रो हुन्छ भन्ने कुरा थाहा पाउनु भयो भने तपाईले खानामा यसलाई छनोट गर्नुहुन्छ ।
सोयाबीन जसलाई आमरुपमा त्यति राम्रो तरकारीको रुपमा मानिदैन तर यसका फाइदा थाहा पाउनुभयो भने तपाई अचम्ममा पर्नुहुन्छ । सोयाबीन को प्रयोग हाम्रो शरीरका लागि निकै फाइदाजनक हुन्छ ।
सोयाबीनमा प्रोटीनको मात्रा धेरै हुन्छ भन भिटामि बी र विटामिन ई को मात्र प्रचुर हुन्छ । जसले शरीरका लागि आवस्यक एमिनो एसिड को कमी पूरी गर्छ । तपाईंलाइ थाहा छैन होला सोयाबीनमा दूध, अण्डा तथा मासुभन्दा धेरै प्रोटीन पाइन्छ ।
हड्डि बलिया हुन्छन्
सोयाबीन मा आइसोफ्लेवोंस नामक रसायन पाइन्छ । जसले विशेष गरेर महिलाको शरीरको हड्डिलाई कमजोर हुनबाट जोगाउँछ ।
एसिडिटीबाट राहत
यदी तपाईं एसिडिटी को समस्याबाट ग्रसित हुनुन्छ भने सोयाबीनको आटाको रोटी खान आवश्यक हुन्छ । जसले पेटलाई सफा राख्छ एसिडिटी की समस्या हट्छ ।
मानसिक संतुलन ठीक गर्छ
जो तनाव र मानसिक रोगबाट पीष्ति हुन्छन् उनीहरुका लागि सोयाबीन फाइदाजनक हुन्छ । यसकारण मानसिक रोगीले आफ्नो खानपिलनमा सोयाबीन खान आवश्यक छ । जसले दिमाग तेज बनाउँछ ।
प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार
Comments