शरीरमा भिटामिन डीको कमी भयो भने के हुन्छ ?

0

काठमाडौं । अहिलेको हाम्रो जिन्दगी निकै भागदौडपूर्ण छ । व्यस्तताका कारण हामी आफ्नै लागि पनि खासै समय निकाल्न सकिरहेका छैनौँ । यो हाम्रो स्वास्थ्य र शरीर दुबैका लागि निकै हानिकारक साबित हुन सक्छ । स्वास्थ्य राम्रो बनाउन शरीरलाई कयौँ खाले भिटामिनको आवश्यकता पर्दछ । यिनै मध्ये एक हो भिटामिन डी ।

हाम्रो शरीरले नियमित रूपमा भिटामिन डी कसरी पाउँछ ? भिटामिन डीको प्राकृतिक स्रोत सूर्यको किरण हो । सूर्यको किरणमा प्रचुर मात्रामा भिटामिन डी पाइन्छ । यसबाहेक हामीले आफ्नो आहारमा केही विशेष चीजहरू समावेश गरेर पनि भिटामिन डीको पूर्ति गर्न सक्छौँ ।

किन महत्त्वपूर्ण छ भिटामिन डी ?

भिटामिन डीले हाम्रो शरीरलाई स्वस्थ राख्छ र हड्डी बलियो बनाउँछ । शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि यसले बलियो बनाउँछ । क्यान्सरजस्ता रोगसँग लड्न मद्दत गर्छ । भिटामिन डीको कमीलाई हटाउन मेडिकल स्टोरहरूमा क्याप्सुल पनि पाइन्छ । यसको सेवनबाट पनि शरीरमा भिटामिन डीको कमीलाई पूरा गर्न सक्छौँ । ध्यानमा राख्नु पर्ने कुरा चाहिँ के छ भने यी क्याप्सुलहरू खानु अघि चिकित्सा परामर्श आवश्यक छ ।

भिटामिन डी को प्रकार–

१. भिटामिन डी २ (एग्रो क्याल्सी फेरोल)

भिटामिन डी२ मानव शरीरमा पाइँदैन । यो भिटामिन बिरुवाबाट प्राप्त गर्न सकिन्छ । बिरुवाहरूले सूर्यको पराबैंगनी किरणहरूको सहायताले यो भिटामिन उत्पादन गर्छ ।

२) भिटामिन डी३ (कोलेकैल्सिफेरोल)

यो भिटामिन मानव शरीरमा मात्र उत्पादन हुन्छ । सूर्यको किरण मानवको छालामा परेपछि यो भिटामिन बन्छ । माछा खाएर पनि यो भिटामिनको पूर्ति गर्न सकिन्छ ।

भिटामिन डीको कमीका लक्षणहरू

–ब्लड प्रेसर

– थकान महसुस भइरहने

– जोर्नी र हड्डीमा दुखाई

–शरीर चाउरी पर्नु

–डिप्रेसन र तनाव हुनु

–मांसपेशी कमजोर हुनु

–मधुमेह हुनु

–क्यान्सरको जोखिम

–रोग प्रतिरक्षा कमजोर हुनु

–बच्चाहरूमा रिकेट्स रोग लाग्नु

–हड्डी नरम हुनुु

पोषणको कमीका कारण पनि भिटामिन डीको कमी हुन सक्छ । एक तिहाइ मानिसमा यो समस्या देख्न सकिन्छ । सामान्यतया यो समस्या बच्चा र वयस्क मानिसहरूमा हुन्छ । प्रायः बन्द कोठामा बस्ने मानिसहरूलाई भिटामिन डीको कमी धेरै हुने गरेको छ । दूध, दही, घिउ, घिउ जस्ता दूधजन्य उत्पादनहरूको सेवन कम गर्ने वा खाँदै नखाने मानिसहरूलाई पनि भिटामिन डीको कमी हुन्छ ।

फाष्ट फूड र जंक फूडको अत्यधिक सेवन पनि यसको एउटा कारण हो । कुनै रोग लागेर घर बाहिर निस्कन नसक्ने वा रातिको सिफ्टमा काम गर्नेहरूमा पनि भिटामिन डीको कमी हुन सक्छ । साथै गर्भवती महिला र शाकाहारी खानामा पौष्टिक खाना समावेश नगर्नेहरूमा पनि भिटामिन डीको कमी भएको पाइन्छ ।

भिटामिन डी कमी भयो भने के हुन्छ ?

भिटामिन डीको कमीले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ र हामी चाँडै थाक्छौं । शरीर निकै कमजोर भएको महसुस हुन थाल्छ । यसले गर्दा हामी छिट्टै बिरामी पर्न थाल्छौँ र हाम्रो शरीरको हड्डी र दाँतमा पीडा हुन्छ ।

भिटामिन डी कसरी प्राप्त गर्ने?

भिटामिन डी शरीरको विकासका लागि जरुरी भिटामिन हो । शरीरमा भिटामिन डीको कमी भएमा रिकेट्स रोग लाग्न सक्छ । घामको किरणमा बस्दा हाम्रो शरीरले भिटामिन डी पाउँछ । यो हाम्रो शरीरको लागि फाइदाजनक हुन सक्छ । विशेष खालका खानेकुराबाट पनि भिटामिन डी प्राप्त गर्न सक्छौँ । शरीरलाई विभिन्न प्रकारका रोगबाट बचाउन र भिटामिन डीको कमीलाई हटाउन आफ्नो नियमित आहारमा अन्डा, सुन्तला, दूध, च्याउ, दही आदि खानेकुराहरू समावेश गर्न सकिन्छ ।

१. अण्डा

अण्डाको पहेँलो भागमा भिटामिन डी प्रचुर मात्रामा पाइन्छ । त्यसैले पनि हामीले अण्डा खानुपर्छ । हरेक दिन एउटा अण्डा खानु वेश हुन्छ ।

२. दूध

हामीले दूधबाट पनि धेरै पोषक तत्त्व पाउँछौँ । दूधमा क्याल्सियम र भिटामिन डी प्रचुर मात्रामा पाइन्छ । भैँसीको भन्दा गाईको दूध भन्दा बढी पोसिलो हुन्छ ।

३. च्याउ

धेरै मान्छेलाई च्याउ मनै पर्दैन । तर यो हाम्रो शरीरका लागि निकै फाइदाजनक हुन्छ । हामीले च्याउ खानुपर्छ । चिसो मौसममा बजारमा च्याउ सजिलै पाइन्छ । यो भिटामिन बी१, बी२, बी५, भिटामिन सी र भिटामिन डीको राम्रो स्रोत हो ।

४. दही

हामीले दैनिक दही खानुपर्छ । यो पनि हाम्रो शरीरको लागि फाइदाजनक छ । यसको सेवनले हाम्रो शरीरले भिटामिन डी र क्याल्सियम त पाउँछ नै यसले पाचन प्रक्रियालाई पनि सुधार्छ ।

५. माछा

मांसाहारीहरूले आफ्नो आहारमा माछा समावेश गरेर भिटामिन डीको पूर्ति गर्न सक्छन् । यसमा भिटामिन ए र भिटामिन बी १२ पनि पाइन्छ ।

६. सुन्तला

सुन्तला भिटामिन सी को स्रोत हो भन्ने हामीमध्ये धेरैलाई थाहा छ । तर यसको सेवनबाट हामीलाई पर्याप्त मात्रामा भिटामिन डी पनि प्राप्त हुन्छ । त्यसैले आफ्नो आहारमा सुन्तला पनि समावेश गर्नुपर्छ ।

७. बोक्रा नफ्याँकिएको अन्न

मुंग, चना आदिमा भिटामिन डी पाइन्छ । यसलाई रातभर भिजाएर बिहान खानुपर्छ । आफ्नो भोजनमा बोक्रा नफ्याँकिएको अन्न, गहुँ आदिलाई पनि समावेश गर्नुपर्छ । गहुँको पिठोको रोटी बनाएर खान सकिन्छ । यो हाम्रो लागि लाभदायक छ ।

८. ओट्स

ओट्समा भिटामिन डी पर्याप्त मात्रामा पाइन्छ। यसमा फाइबर पनि पाइन्छ । यसले हामीले खाएको खाना पचाउन सघाउँछ ।

९. मासु

मांसाहारी भोजन मन पराउने मानिसहरूले मासुबाट पर्याप्त मात्रामा भिटामिन डी पाउँछन् ।

घाममा बस्नुस्

बिहानको घाम हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ । भिटामिन डीको पूर्तिका लागि हरेक दिन बिहान करिब आधा घण्टा घाममा बस्नुपर्छ । सूर्यको किरणमा भिटामिन डी त पाइन्छ । तर अत्यधिक रूपमा घाममा बस्दा घामले छाला डढ्ने जस्ता समस्या निम्तिन सक्छ । त्यसैले बिहान केही समय मात्रै सूर्यको किरण सिधै छालामा पर्ने गरी बस्नुस् ।

उपचार

भिटामिन डीको कमीबाट बच्न आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ । हामी सबैलाई हरेक दिन ६०–१००० आईयू भिटामिन डी चाहिन्छ । यसले हाम्रो शरीरलाई स्वस्थ राख्छ र भिटामिन डीको कमी हुँदैन । भिटामिन डीको कमीको उपचार यसको लक्षणमा निर्भर हुन्छ । परीक्षणपछि शरीरमा भिटामिन डीको स्तर कस्तो छ भन्ने थाहा हुन्छ । यसकै आधारमा डाक्टरले उपचार प्रक्रिया सुरु गर्दछन् । भिटामिन डीको कमी कत्तिको छ भन्ने कुरा रगत परीक्षणबाट पत्ता लगाइन्छ । त्यसपछि चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गरेर नियन्त्रण हुन्छ ।

प्रकाशित मितिः २०८१ बैशाख २४ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション