काठमाडौं । चमेरोमा पाइने तीनवटा कोरोना भाइरसको स्ट्रेन चीनको वुहानको इन्स्टिच्युट अफ भाइरोजीमा फेला परेको छ । तर, संस्थाका निर्देशकले ती मध्ये कुनै पनि हाल विश्वमा महामारी लिएको कोरोना भाइरससँग मेल नखाएको बताएकाछन् ।
वैज्ञानिकहरूका अनुसार कोभिड १९ फैलाउने कोरोना भाइरस वुहानमा उत्पत्ति भएको थियो र भाइरस पहिले चमेराबाट अन्य स्तनपायी जन्तुहरू मार्फत मानवसम्म पुगेको हो ।
वुहान इन्स्टिच्युट अफ भाइरोलजीका निर्देशक वाङ्ग यान्याइले चिनियाँ सरकारी टिभी च्यानल सीजीटीएनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अरू धेरैको दाबी अनुसार वुहानको केन्द्रबाट भाइरस फैलियो भन्ने कुराल बनावटि रहेको बताएका छन् । १३ मेमा रेकर्ड गरिएको अन्तर्वार्ता, शनिबारका दिन प्रसारित भएको थियो जसमा यान्याइले इन्स्टिच्युटमा केहि कोरोना भाइरसहरू प्राप्त गरेको बताएका हुन् ।
पहिचान गरिएका तीन किसिमका भाइरसहरू मध्ये ७९। ८ प्रतिशत मात्र हाल फैलिएको सार्स कोभ २सँग मेल खान्छ । वुहानको ल्याबले डिसेम्बर ३०मा प्राप्त गरेको भाइरसको केहि नमुनाहरू अज्ञात रहेको र २ जनवरीमा जीनोम सिक्वेन्स पछि ११ जनवरीमा विश्व स्वास्थ्य संगठनलाई जानकारी दिएको उनले बताएकी छिन् ।
ल्याबमा अनुसन्धान नगरिएको र त्यहाँ नराखिएको हुदा प्रयोगशालाका प्रमुखले डिसेम्बर अघि उनको टोलीलाई यस भाइरसको बारेमा केहि थाहा नभएको बताएकी छिन् । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १२ सोमबार
Comments