यदि तपाइँ विहान ढिलासम्म सुत्नु हुन्छ र विहान उठ्न गाह्रो हुन्छ भने सावधान हुनुस् । यस्तो बानीले तपाइँलाई छिट्टै गम्भिर स्वास्थ्य समस्या पैदा हुन सक्छ । यदी तपाइँलाई विहान उठ्न गाह्रो हुन्छ भने तपाइँलाई यी रोगको समस्या हुन सक्छ ।
अनुसन्धानकर्ताहरुको अध्ययनले यस्तो भन्छः
१. यदि कुनै पनि मानिस विहान ढिला सम्म सुत्छन् भने उनीहरुको दिमाग बढी निराश हुने गर्दछ । यस्ता खालका ब्यक्तिहरुमा आत्महत्याको भावना समेत बढी हुने गर्दछ।
२. जुन ब्यक्ति दिउसोको समयमा सुत्छन् उनीहरु मोटोपनको शिकार हुन्छन्।
३. ढिलो सम्म सुत्ने ब्यक्तिको पाचन प्रणाली समेत विग्रिन सक्छ । पेट सम्बन्धि रोगले सताउन सक्छ।
४. यदि तपाइँ घुर्नु हुन्छ र स्वास रोकिएर रातमा पटक पटक ब्युझिँनु हुन्छ भने तपाइँलाई स्लीप एपनियाको शिकार हुनु भएको छ । यस्ता ब्यक्ति पनि विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगेका जस्ता देखिन्छन् ।
५. दिलो सम्म सुत्ने मानिसहरुमा अल्छीपन तथा जागर नलाग्ने समस्या पनि हुने गर्दछ । यस्ता मानिसहरुलाई रिस बढी उठ्ने पनि समस्या हुने गर्दछ ।
प्रकाशित मितिः २०७५ कार्तिक २७ मंगलबार
Comments