भक्तपुर । मानिसको शरीरमा चिलाउनु सामान्य हो । एलर्जी वा विभिन्न कारणले गर्दा शरीरको विभिन्न भागहरु चिलाउने गर्छ । अन्य भागमा भन्दा अप्ठ्यारो ठाउँमा चिलाउंदा अरुको अगाडी मानिसलाई निकै गाह्रो हुने गर्छ । मानिसलाई अरुसँग कुरा साट्न पनि अप्ठ्यारो हुने गर्छ । त्यसैले यस्तो खालको समस्याले उनीहरु ठुलो आपतमा पर्ने गर्छन् । यस समस्याबाट कसरि मुक्त हुने भन्ने कुरा यस्ता समस्या भएका मानिसको लागी प्रमुख बिषय हुने गर्छ । अप्ठ्यारो ठाउँमा चिलाउने समस्याबाट हामी घरेलु उपचारको माध्यमबाट मुक्त हुन सक्छौं । डाक्टरको अगाडी गएर आफ्नो समस्या भन्न लजाउने मानिसको लागी घरेलु उपायहरु निकै उपयोगी हुने गर्छन् ।
यस समस्याका घरेलु उपायहरु यस प्रकार छन्
१, लसुन : हरेक दिन लसुनको पोटि खाने गरेमा शरीरमा आउने विभिन्न चिलाउने समस्याबाट मुक्त हुन सकिन्छ । यसलाई हामि हाम्रो खानामा उपयोग गरेर पनि प्रयोग गर्न सक्छौं ।
२, बरफ : राती सुत्नुभन्दा अगाडी बरफले यौनि सेक्ने गरेमा बिस्तारै चिलाउने समस्या निको भएर जान्छ ।
३, नूनपानी : तातो टबमा अलिकति नून हालेर पानीमा केही समयका लागि बस्नुस् । आराम पाउनुहुनेछ ।
४, तुलसी पानी पिउने : तुलसीका पातहरूलाई पानीमा उमालेर दिनमा दुईचोटि पिउँदा पनि फाइदा हुन्छ ।
५, दही : दही प्राकृतिक रुपमा चिलाउने रोग निको पार्ने एक प्रकारको औषधी हो । चिलाएको भागमा दहीको लेप बनाएर लगाउने गरेमा यो समस्या निको भएर जान्छ ।
६, स्याउको अमिलो : एप्पल साइडर भिनेगर अर्थात् स्याउको अमिलोमा एन्टीब्याक्टेरियल र एन्टीफंगल गुण हुन्छन् जसले संक्रमणलाई प्राकृतिक रूपमा हटाउँछन् । दुई चम्चा स्याउको अमिलो मनतातो पानीमा हालेर गुप्तांग धुनुस् ।
प्रकाशित मितिः २०७५ कार्तिक ७ बुधबार
Comments