काठमाडौं । आयुर्वेदमा सिउँडीलाई एकदमै महत्व दिइएको छ । यसको उपयोग विभिन्न रोगहरुलाई ठिक गर्नका लागि गरिन्छ । विशेषज्ञ डाक्टरका अनुसार सिउँडीको प्रयोग दाँतको दुखाई, कानको दुखाई आदि जस्ता समस्यालाई ठिक गर्नका लागि गरिन्छ ।
कानमा दुखाई हुँदा दिनभरको कामकाजमा पनि नराम्रो प्रभाव पर्ने गर्छ । यस्तो यदी कानको दुखाईबाट राहत पाउन चाहनुहुन्छ भने सिउँडीको प्रयोग गर्न सकिन्छ । त्यस्तै सिउँडीलाई जोर्नीको दुखाईका लागि पनि प्रयोग गर्न सकिन्छ । साथमा यसले जोर्नी सुन्निएको पनि निको हुन्छ ।
सिउँडी पेटका लागि पनि फाइदाजनक हुन्छ । यसको सेवन गर्नाले पाचन प्रणाली पनि राम्रो हुन्छ । साथमा यसले ग्यास, अपच र कब्जियतको समस्या पनि कम हुन्छ । दाँतको दुखाईलाई ठिक गर्नका लागि पनि सिउँडीको प्रयोग गर्न सकिन्छ । यसका लागि सिउँडीलाई दुधमा मिसाएर पिउनु पर्दछ ।
घाउहरुलाई निको पार्नका लागि पनि सिउँडीको प्रयोग गर्न सकिन्छ । यसमा हुने पोषक तत्वहरुलाई घाउ छिटो निको बनाउँछन् । त्यस्तै यसको फूललाई पनि विभिन्न परिकारहरु बनाएर खान सकिन्छ ।
प्रकाशित मितिः २०८० चैत्र १२ सोमबार
Comments