काठमाडौं । प्रायः रुखो तथा सुख्खा छाला हुँदा शरीर एकदमै चिलाउने गर्छ । साथमा छालासम्बन्धी रोगले पनि तपाईंलाई यस्तो समस्या हुन सक्छ ।
आज यहाँ जानौं सम्पूर्ण शरीर चिलाउने समस्या कस्तो अवस्थामा हुने गर्छ भनेर ।
- सोरायसिस जस्तो समस्या हुँदा शरीर लगातार चिलाउँछ । यो रोगमा छालामा कतला निस्कने गर्छ ।
- शरीरमा रगतको कमी हुँदा पनि चिलाउन थाल्छ । साथमा चिकन पोक्स हुँदा पनि यस्तो समस्या हुने गर्छ ।
- कलेजोको रोगले ग्रस्त व्यक्तिमा पनि चिलाउने समस्या देखिन्छ । साथमा मिर्गौला खराब हुँदा पनि यस्तो समस्या हुन्छ ।
- छालामा सुख्खापन तथा रुखो हुँदा पनि चिलाउने समस्या हुन्छ । यस्तोमा छालालाई मोइस्चराइज गरिरहनुहोस् ।
- कतिपय नारकोटिक तथा एन्टीबायोटिक औषधिको सेवनले पनि शरीरमा चिलाउने समस्या हुन्छ ।
- जंक फुडको अत्यधिक सेवनले पनि छालामा एलर्जी हुन्छ जसले गर्दा चिलाउन सक्छ ।
प्रकाशित मितिः २०८० फागुन १६ बुधबार
Comments