काठमाडौं । हिँड्नु अथवा जगिङ गर्नु हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ ।
यद्यपि, मानिसलाई एकै प्रकारको काम गर्नाले छिट्टै झर्को लाग्न थाल्छ । त्यसैले आज हामी नयाँ तरिकाले हिँड्दा र जगिङ गर्दा हुने फाइदाका बारेमा जानकारी दिँदैंछौ ।
उल्टो हिँड्ने र जगिङ गर्नाले हिँड्नुको छुट्टै रमाइलो त हुन्छ नै, साथै यसले स्वास्थमा पनि विभिन्न फाइदा पुऱ्याउँछ । उल्टो हिड्नाले मांसपेशि बलियो हुने, शरीर सन्तुलन बढाउने, शरीरको स्थिरता बढाउने, स्पोर्टस परफमेन्स सुधार्ने जस्ता फाइदाहरु हुन्छ ।
यसबाहेक उल्टा हिँड्दा अथवा जगिङ गर्नाले निम्न फाइदाहरु हुन्छन्:
दिनहुँ सामान्य रुपले हिँड्दा हाम्रो घुँडाले धेरै काम गरिररहेको हुन्छ, जसका कारण घुँडामा दवाव पर्छ ।
उल्टो हिँड्नाले घुँडामा अत्यन्त कम दवाव पर्छ, जसले घुँडा भित्रको हड्डीलाई सपोर्ट दिने मांसपेशिको हल्का वार्मअप हुन्छ ।
सामान्य हिँडाईमा हाम्रो हेमस्ट्रिङ्स, क्वाड्स र कफ मसल्स एक साइडले मात्र काम गर्छ ।
तर, जब हामी उल्टो हिंड्छौ, तब त्यस्ता मांसपेशीहरु पनि सक्रिय हुन थाल्छन्, जसलाई हामी धेरै कम मात्र प्रयोग गर्छौं । उल्टो हिँड्दा सम्पूर्ण मांसपेशि पूर्ण रुपले बलियो बन्छ ।
उल्टो हिँड्दा शरीरको लचिलोपना र स्टाबिलिटी बढ्न थाल्छ ।
उल्टो जगिङ गर्नाले हामी सामान्य हिँड्दाको भन्दा बढी क्यालोरी बर्न गर्न सक्छौं, जसले वजन कम गर्न पनि सहयोग पुग्छ ।
त्यसैले यदि हामीलाई वजन घटाउनु छ भने पनि उल्टो जगिङ गर्नु उपयुक्त हुन्छ ।
प्रकाशित मितिः २०७८ साउन २० बुधबार
Comments