काठमाडौं । ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महांकाल गाउँपालिका-६ ठूलादुर्लुङकी चार वर्षीया आर्या सन्जेल छिन् ।
बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका-१० टाखेलमा बा ४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा सन्जेल खसेकी थिइन्।
दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मितिः २०८१ बैशाख २७ बिहिबार
Comments