काठमाडौं । दशैंमा भुईँ छाड्नु पर्छ भन्ने भनाइ रहेकाले अधिकांश मानिस दशैंको टिका लगाएपछि लिङ्गे पिङ खेल्ने चलन रहि आएको छ । घटस्थापनाबाट नै लिङ पिङ गाड्न थालिन्छ ।
यद्यपि, रमाइलोका लागि खेलिने पिङको विभिन्न फाइदाहरु छन् भन्ने थोरैलाई मात्र थाहा हुन सक्छ ।
पिङ खेल्दा सम्पूर्ण शरीरको व्यायाम
पिङमा मच्चिनु पनि एक प्रकारको व्यायाम जस्तै हो । पिङ खेल्ने प्रकृयामा हामी पिङसंगै अगाडि–पछाडि तिर जान्छौ । यसो गर्दा व्यक्ति आफ्नो वजन र तिव्रतामा ध्यान दिन्छन् । यस प्रकार शरीर पुरा हल्लिने भएकाले शरीरको व्यायाम हुन्छ । जसबाट शरीरलाई विभिन्न किसिमको फाइदा पुग्छ ।
तनाव कम
पिङ खेल्दा मूड पनि फ्रेस हुन्छ । यदि कुनै कुराले मूड अफ भयो भने पिङ मूड फ्रेस गर्ने राम्रो विकल्प हुन सक्छ । यसले शरीरमा ह्यापी हार्मोन्स रिलीज हुन्छ, जसका कारण मूड राम्रो भएको महसुस हुन्छ । त्यसैले सधैँ खुशी हुनाका लागि पिङ खेल्नु फाइदाजनक मानिन्छ ।
सतर्क रहनु
पिङ खेल्दा व्यक्ति अति नै सर्तक हुन्छ । विशेषज्ञका अनुसार पिङमा बसेपछि दिमागको साथै शरीर पनि सक्रिय हुन्छ । पिङ खेल्दा खुट्टाले पिङलाई धकेल्छ र शरीर अति नै सर्तक रहन्छ ।
मांसपेशि सक्रिय रहन्छ
पिङ खेल्दा मांसपेशि सक्रिय रहन्छ । पिङ खेल्दा अगाडि पछाडि जादा शरीरलाई सन्तुलन बनाइराख्नका लागि मांसपेशि सक्रिय हुन्छ । जसमा मानिस आफ्नो तिव्रतालाई हल्का अथवा तिव्र गर्न सक्षम हुन्छ ।
आत्मविश्वास जगाउछ
पिङ खेल्दा आत्मविश्वास बढाउन सहयोग पुग्छ । विशेषज्ञका अनुसार शरीरका विभिन्न अंग पिङसंग सम्पर्क बनाइराख्नका लागि मेहिनत गर्छ । यसप्रकार व्यक्ति पूर्ण रुपले तिव गतिमा पिङमा मचिन्छ र उसको आत्मविश्वास तिव्र गतिमा बढ्छ । यसको साथै जमीनबाट उचाईमा पुग्नाले मन भित्रको डर पनि टाढा हुन्छ ।
प्रकाशित मितिः २०७८ साउन १८ सोमबार
Comments