काठमाडौं । दशबाह्र वर्षअघि चर्चामा रहेको फेसबुकको ‘पोक’ फिचर फेरि आएको छ । धेरै पहिले निकै लोकप्रिय रहेको यो फिचर केही वर्षयता सुस्ताएको थियो । तर अहिले पुनः यसको चर्चा हुन थालेको छ । फेसबुक स्वयंले पछिल्लो केही महिनायता पोक गर्ने संख्या १३ गुणाले बढेको बताएको छ ।
पोक फिचर सक्रिय भएसंगै फेसबुकमा आफ्नो साथीले पोक गरेको नोटिफिकेसन देख्नुभएको होला । अनि पोक सम्बन्धी फेसबुकका मालिक मार्क जुकरबर्गको पोस्ट गरेका थिए । फेसबुकमा कसैलाई ‘पोक’ गर्नुको अर्थ के हो ? के यसको अर्थ जिस्काएको, सम्झेको भन्ने हुन्छ ? सरल भाषामा बुझ्दा पोकले यी अर्थ समेट्छन् । फेरि अर्को तर्फभन्दा ठ्याक्कै यी मात्र पोकको अर्थ होइनन् । हुन त फेसबुक आफैँले वास्तवमा पोक के हो भनेर बताएको छैन ।
वास्तविक जीवनमा कसैलाई केही भन्न हातले कोट्याउने अनुभव सायद तपाईँसँग हुन सक्छ । पोकको आधारभूत अर्थ यही हो । त्यसका आधारमा फेसबुकको पोकको अर्थ कसैलाई आफूतिर ध्यानाकर्षण गराउनु हो । अब त्यसलाई जसरी पनि अर्थ्याउन सकिन्छ ।
फेसबुकले यस्तो फिचर २००४ देखि नै सुरु गरेको थियो । तर, त्यसबेलामा ठ्याक्कै यसले के गर्छ, केका लागि बनाइएको हो भन्ने स्पष्ट थिएन । जुन अहिलेसम्म कायम नै छ ।
त्यस्तै पोक गर्ने फिचर आफ्ना साथीसँग मात्र सीमित छ । अर्थात् फेसबुकमा नजोडिएका व्यक्तिलाई पोक गर्न सकिँदैन । यदि तपाईँले कसैलाई पोक गरे उनीहरूले “(तपाईँको नाम) पोक्ड यू’ भन्ने सूचना प्राप्त गर्छन् । त्यसपछि उनीहरूले पोक ब्याक गर्न अथवा बेवास्ता गर्न सक्छन् ।फेसबुकमा कसैलाई पोक गर्न अथवा पोक ब्याक गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
प्रकाशित मितिः २०८० चैत्र ०८ बिहिबार
Comments