काठमाडौं । काठमाडौं उपत्यकामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज उपत्यकामा थपिएका संक्रमित मध्ये १४ महिला र २० पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ६ , ललितपुरमा ५ र काठमाडौंमा २३ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख २ हजार २७३ , भक्तपुरमा ९ हजार २५५ र ललितपुरका १६ हजार २६० संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २७ हजार ७८८ जना पुगेको छ ।
गत २४ घण्टामा २ हजार ९३१ जनाको पिसिआर परीक्षण गर्दा ९७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३४ हजार २६१ पुग्दा नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५८३ रहेको छ । त्यस्तै, यो अवधिमा १ सय १४ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ६१९ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९८।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७७ फागुन ७ शुक्रबार
Comments