काठमाडौं । नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ भिडियो सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
विशेष गरी शहर र जागिरमा रहेका महिलाहरू आमा बनेपछिको अवस्थालाई यो भिडियोले औंल्याएको छ । आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी महिला, उनको व्यस्तता, छोराछोरी र परिवारप्रतिको उनको दायित्व भिडियोमा देखाइएको छ । त्यस्तै आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खेल्ने भूमिका पनि भिडियोमा समेटिएको छ ।
२ मिनेट ४५ सेकेन्डको भिडियोले शहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करिअरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । भिडियोले देखाइएको आमाको दैनिकी अधिकांश नेपालीहरूको घरको कथासँग मेल खान्छ ।
नेपालको अग्रणी बैंक नबिलले विभिन्न सन्दर्भमा समाजलाई सचेतना फैलाउने तथा सन्देश विस्तार गर्ने भिडियो बनाउँदै आएको छ । मातातीर्थ औँसीका अवसरमा बनाइएको भिडियोमा धेरै जनाले आफ्नो आमाप्रति कृतज्ञता व्यक्त गर्दै भिडियोको प्रशंसा गरिरहेका छन् ।
प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार
Comments