काठमाडौं । लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिँदै यदि प्रमाणित भए आफूलाई आठ बर्ष जेल सजाय नभएर फाँसी चढाउन चुनौति दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोखेका छन् । लामिछानेले भनेका छन्, ‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस् । तथ्य र प्रमाणले साबित गर्नुहोस। म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई आठ वर्षले जेलले पुग्दै पुग्दैन ।’
आफू यस घटनाको निर्दोष पात्र रहेको उनले बताएका छन् । लामिछानेले यो घटना घटाइएको र वास्तविक अनुहार एकदिन निस्किने बताएका छन् । उनले आफूलाई यो घटना कसले कसरी घटाउन लगाएको हो ? राम्रै थाहा छ भन्दै धेरै खोल्न बाँकी छ भनेका छन् । आफू त फसे पनि बोलेकै भरमा अरु कोही नफसोस भन्दै उनले अपेक्षा पनि गरेका छन् ।
प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार
Comments