काठमाडौं । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा नयाँ संक्रमित ९७ जना थपिएका छन् । आज १ सय १४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७३ हजार २६३ संक्रमित भएपनि २ लाख ६९ हजार ६१९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ५८३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २ हजार ९३१ जनाको पिसिआर परीक्षण गर्दा ९७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३४ हजार २६१ पुगेको छ।
प्रकाशित मितिः २०७७ फागुन ७ शुक्रबार
Comments