भक्तपुर । भक्तपुर नगरपालिका–१ नगरकोट मोडमा आज बिहान २ बजे मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् ।
कालोपाटीबाट नगरकोट मोडतर्फ जाँदै गरेको प्रदेश ३–०२–०११ प १९०८ नम्बरको मोटरसाइकलले धारा जडानको लागि बाटो खन्दै गरेका भक्तपुर कै सल्लाघारी बस्ने २५ वर्षीय दिनेश गौतमलाई ठक्कर दिँदा उनी घाइते भएका हुन् ।
भक्तपुर अस्पतालबाट थप उपचारको लागि घाइतेलाई महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ । मोटरसाइकल चालक घाइतेको उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ माघ ०२ शुक्रबार
Comments