गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका १२, भगेरीस्थित ड्युटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका २ बस्ने ४१ वर्षीय पूर्णबहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका १ बस्ने ४२ वर्षीय मीनबहादुर आले छन् ।
उक्त स्थानमा खटिएको प्रहरीले जाँच तथा पैदलयात्रीलाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
प्रकाशित मितिः २०७७ पौष ०२ बिहिबार
Comments