बाँके । बैजनाथ गाउँपालिका–६ गहरी चोकमा बुधबार बेलुका मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन । मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ का १८ वर्षीय अदिप थारु रहेका छन ।
भित्रि सडकखण्डमा पुर्वतर्फ जाँदै गरेको भे ९ प ४२१८ नम्बरको मोटरसाइकलले तीन वटा साइकललाई ठक्कर दिँदा गम्भीर घाइते थारुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
अन्य घाइतेहरुको सोहि अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल चालक सोहि ठाउँका ३१ वर्षीय कमल चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ पौष ०२ बिहिबार
Comments