काठमाडौं । बुधबार प्रदेश २, बागमती प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली रहेको छ भने पूर्वी र पश्चिमी तराईका केहि भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ। अहिले बिहान काठमाडौं उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ।
आज दिउँसो प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने अन्य भू-भाग आँशिक बदली रहनेछ । आज राति पनि पहाडी भू-भागहरुमा आँशिक बदलीको सम्भावना रहेको छ भने अन्य भू-भाग सामान्यतया सफा रहनेछ ।
प्रकाशित मितिः २०७७ पौष ०१ बुधबार
Comments