गोरखा । गोरखामा बस दुर्घटना भएको छ । भिमसेन थापा गाउँपालिकाको तान्द्राङमा ३० जना सवार बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा भिमसेनथापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, ३० वर्षका मनोज पुडासैनी, २९ वर्षका उज्ज्वल पुडासैनी, धार्चे गाउँपालिका–६ का ५० वर्षका सुरमान घले र केरौंजाकी ३२ वर्षकी कान्छी गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार ग १ ख ९४४६ नम्बरको बस काठमाडौंबाट आरुघाट गाउँपालिकाको सोतीतर्फ जाँदै गर्दा तान्द्राङमा दुर्घटना भएको जनाइएको छ । बस करिब १ सय फीट तल खसेर दुर्घटना भएको जनाइएको छ ।
प्रकाशित मितिः २०७७ पौष ०१ बुधबार
Comments