काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३३७ जना महिला र ४४८ पुरुष गरी कूल ७८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ६२० जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ११४ जनामा संक्रमण देखिएको हो । यसैगरी, हालसम्म काठमाडौंमा ३३९ जना, भक्तपुरमा ८९ जना र ललितपुरमा ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ७ हजार ६४४, भक्तपुरमा ५८९ र ललितपुरमा १ हजार ४९४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ७७ हजार ७८९ जना, भक्तपुरमा ७ हजार ४८ जना र ललितपुरमा ११ हजार २१४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म काठमाडौंमा ८५ हजार ७७२ जना, भक्तपुरमा ७ हजार ७२६ जना र ललितपुरमा १२ हजार ८०४ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ मंसिर ११ बिहिबार
Comments